दफा १२०
लिक्विडेटरको नियुक्ति; (१) दफा ११९ बमोजिम
प्राधिकरणले कारबाही अगाडि बढाउन लिक्विडेटर नियुक्त गरी सौको सूचना दुई वटा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा दुई पटक र प्राधिकरणको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्राधिकरणले लिक्विडेटर नियुक्त गरेपछि बीमकले सञ्चालन गरेको सम्पूर्ण बीमा व्यवसाय स्वतः स्थगन हुनेछ।